गाेरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र शिक्षकहरुले कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।
गाउँकार्यपालिकाको बैठकले पालिका मातहतको कोभिड नियन्त्रण कोषमा जनप्रतिनिधी, कर्मचारी र शिक्षकको ३ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले बताए ।
कार्यपालिकाको बैठकले असार १० गते गाउँसभा गर्ने निर्णय गरेको उनले बताए ।