जेठ २७, काठमाण्डौं । म्यानमारमा एक सैनिक जहाज दुर्घटना हुदा १२ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको जाहाज १६ सिट क्षमताको रहेको बताइएको छ । जसमा ६ जना सैनिक अधिकारी पनि सवार थिए। मृत्यु हुने अन्यको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।
म्यानमारको सेनाले गत फेब्रुअरी १मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर कूमार्फत् सत्ता हत्याएको थियो। सैनिक कूको विरोधमा भएका प्रदर्शनका क्रममा अहिलेसम्म सयौं नागरिकको मृत्यु भएको छ।