Home Breaking News गाेरखामा असार १९ गते सम्म निषेधाज्ञा

गाेरखामा असार १९ गते सम्म निषेधाज्ञा

शुक्रबार, असार ११, २०७८
0
248

असार, ११ गाेरखा । गोरखा जिल्लामा असार १९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार भोलिराती १२ बजेदेखि थप हुनेगरि पुनः ७ दिन निषेधाज्ञा थप गरिएको हो । जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरि यो छैटौ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए। पाचौं पटक थपिएको निषेधाज्ञाको अवधि शनिबार राती १२ बजे सकिदैछ ।

जिल्ला भित्र कोरोना संक्रमण संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको उनले बताए । बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दाना बिक्री गर्ने पसल र वर्कसप भने बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यस अघिको निर्णयलाई यथावत राखेको छ ।

त्यस्तै पाठ्यपुस्तक तथा स्टेशनरी पसलहरु तथा फेन्सी पसल, फर्निचर, अटोमोवाईल, मोटरपार्टस, जुत्ता पसल, प्रेस तथा फोटोकपी पसल, सुनचाँदी पसल, इलोक्ट्रिक, तथा इलोक्ट्रोनिक पसल भाडा पसल, टेलरिङ व्यवसाय निषेधाज्ञाका बेला बिहान १० बजेदेखि २ बजेसम्म खोल्न दिने निर्णय भएकाे ति व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिबार्य जनस्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सामुदायिक विद्यालयकाे हकमा भने पुस्तक व्यवसायीले विद्यालयसम्म पुस्तक पुर्याईदिने र विद्यालयले आलोपालो गरी विद्यार्थीहरुलाइ पुस्तक बितरण व्यवस्था मिलाइएकोे उहाँले जानकारी दिनुभयो । प्रसासनले सेवाग्राहीको भीडभाड हुने प्रकृतिका सरकारी कार्यालय जिल्ला प्रसासन कार्यालय, मालपोत, नापी बाहेका सरकारी कार्यालय तथा सामाजिक संस्थाहरुले न्यनुतम कर्मचारी खटाई जनस्वास्थ्य मापदण्ड अनिबार्य रुपमा पालना गर्ने गरि सेवा प्रवाह गर्न दिइने निर्णय प्रशासनले गरेको छ ।

जिल्ला भित्रका उद्योग तथा सार्वजनिक निर्माण कार्यमा सलंग्न कर्मचारी तथा श्रमिकलाई उद्योग निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरि कार्य सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँले बताउनुभयो । त्यस्तै खानेपानी सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधी तथा औषधीजन्य उत्पादन र बिक्रि बितरण लगायत अत्याबश्यक बाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि डिसिसिएमीको आजको बैठकले निर्णय गरेको उनले बताए ।

सञ्चारकर्मीका हकमा सूचना बिभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचय पत्रको आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ । बैठकले बैंक तथा सहकारी बाहेका बित्तिय संस्थाहरु लधुबित्त, बिमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंक भित्र समेत २ मिटरको भौतिक दुरी अनिवार्य कायम गर्नुपर्ने निर्णय डिसिएमसीको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

NO COMMENTS