Home Breaking News गाेरखाका विभिन्न ठाउँमा गएकाे पहिराेका कारण मानवस्ती विस्थापित

गाेरखाका विभिन्न ठाउँमा गएकाे पहिराेका कारण मानवस्ती विस्थापित

बिहिबार, असार १७, २०७८
0
332

गाेरखा । जिल्लाकाे विभिन्न स्थानमा आज विहान गएकाे पहिराेका कारण मानव बस्ती विस्थापित भएका छन् । जिल्लाकाे पालुङटार   स्थित  राउतेपानी गाउँमा सडक माथि बाट आएकाे पहिराेका कारण विस्थापित नागरिकहरु स्थानीय सगरमाथा प्रा विमा आश्रय लिएर बसेका छन् ।

पालुङटार स्थित खाेली गाउँ विस्तापित भएकाे छ । वडा नम्बर २ का अध्यक्ष लाेकनाथ वाग्लेका अनुसार कति घर विस्थापित भएका छन् भन्ने कुरा हामीहरु हेरीरहेका छाैँ । अहिले सम्म २० घरका नागरिकहरु अन्यन्त्र आश्रय लिएर बसेका छन् ।

पालुङटार वडा नम्बर ९ स्थित विर्दीमा दुइ घर खाेलाले बगाएकाे छ  भने खाेलामा फसेका ६ जना मानिसहरुलाइ नेपाली सेनाले उद्धार गरेकाे छ ।

जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ७  बुङकोट बाह्रबिशे गाऊ कलाधर तिवारीकाे घरमा निरन्तर बर्षातको कारणले घर भित्र पुरै पानी पसेर  जोखिम भएको छ।

शहिद लखन गाउपालिका वडा-७ बुङकोट अधेरी गाऊ सन्त बहादुर गुरुङको गोठमा निरन्तर बर्षातको कारण आएको पहिरो कारण गाेठ पुरिएकाे छ ।

निरन्तर भई रहेको बर्षाको कारणले बोर्लाङी गाउमा घर माथि बाट आएको ठुलो पहिरो आई राम माया श्रेष्ठ घर पुर्ण रुपमा जोखिम भएको छ

NO COMMENTS