Home Breaking News ११ वर्षदेखि सेवारत प्रहरी २३ दिन देखि बेखबर,घरविदा सकेर सेवामा हिडेका अझै...

११ वर्षदेखि सेवारत प्रहरी २३ दिन देखि बेखबर,घरविदा सकेर सेवामा हिडेका अझै पुगेनन् सामागाउँ

बुधबार, असार २३, २०७८
0
267

असार २३,गोरखा । गाेरखा जिल्ला सदरमुकामबाट कार्यक्षेत्र चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ जाँदै बेदकाेट नगरापालिका २ कञ्चनपुर घर भएका प्रहरी  मोहनसिँह कुँवर २३ दिनदेखि बेपत्ता भएका गाेरखा प्रहरीले जनाएकाे छ ।

असार १ गते ताताेपानीबाट हिडेका उनी हालसम्म पनि  सम्पर्कविहिन भएका हुन । उनी घरविदा पछि सेवामा गएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

जिल्ला सदरमुकाम गाेरखाबाट सात दिनकाे यात्रा पछि पुग्न सकिने सामागाउँ आज सम्म उनी पुगेका छैनन् । असार १ गते  त्यस क्षेत्रमा ठूलाे पानी समेत परेकाे थियाे । विगत ११ वर्षअघि प्रहरी सेवामा भर्ना भई कार्यरत कुँबर  चैत महिना देखि प्रहरी चौकी सामागाउँमा सेवा गर्दै आएका थियाे ।

उनको खोजीका साथै अनुसन्धान भइरहेकाे गाेरखा प्रहरीका प्रमुख शेखर खनालले बताए ।

NO COMMENTS