गाेरखा । नेपाली सेनाकाे एमआई सेभेन्टिनबाट बुधवार ८५ क्विन्टल चामल उत्तरी गाेरखामा ढुवानी भएकाे छ । गोरखा स्थित रिपुर्मदन गणबाट चार पटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका ३ सिर्दिबास (फिलिम) लगिएको खाद्य तथा ब्यापार कम्पनी लिमिटेड गाेरखा शाखा प्रमुख नविन बस्नेतले बताए ।
‘ हेलिकप्टरले तीन पटक सम्म २८२ बाेरा चामल फिलिम पुगेकाे हाे ’ ३० किलाेग्राम ताैलका बाेरामा चामल लगिएकाे हाे । जिल्ला प्रशासनले गृह मन्त्रालयको समन्वयमा खाद्य तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले उपलब्ध गराएको चामल ढुवानी भएकाे हाे ।
यस अघि काेराेना सङक्रमणका कारण भएकाे निषेधाज्ञामा दुई महिना देखि खाद्यान्न ढुवानी हुन सकेकाे थिए । असार पहिलाे हप्ता देखि परेकाे अविरल वर्षातका कारण मानिसहरु आउने जाने बाटाे समेत बन्द भएकाे छ । १५० क्विन्टल चामल माथि पुर्याउने याेजना रहेकाे गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पाैडेलले बताए ।






