Home Breaking News भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ्ग स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराती...

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ्ग स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराती करिब ३२ लाख रुपैया नगद चोरी

आइतवार, असार २७, २०७८
0
323

असार, गाेरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ्ग स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराती करिब ३२ लाख रुपैया नगद चोरी भएको छ । मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसेर नगद चोरी भएको सहकारीका संञ्चालक समितिका सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए ।

सहकारीमा कारोबार भएको रकम करिब ५२ लाख रुपैया मध्ये ३२ लाख चोरी भएको उनले बताए। ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो, यहाँ दैनिक २० देखि ३० लाख रुपैया कारोवार हुन्छ । असारको मसान्त भएकाले कारोवार अझ बढी भएको उनकाे  भनाई छ ।

शुक्रबार बेलुकीसम्म जम्मा भएका नगद आइतबार सदरमुकाम स्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौं, श्रेष्ठले भने, लगातारको बर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो । सिसिटिभी फुटेजमा चोरीमा संलग्नहरुले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री समेत बोकेर आएको देखिएको श्रेष्ठले बताए ।

बिहान सहकारीका एकाउन्टेण्ट कार्यालयमा पुग्दा च्यानल गेट फुटाएको अबस्थामा देखेपछि चोरी भएको थाहा भएको बोर्लाङ्ग व्यापार संघका अध्यक्ष बिपिन श्रेष्ठले जानकारी दिए । राती करिब ३ बजेको समयमा भित्र पसेर नगद राखेको लकर फुटाएर चोरी सिसिटिभीको फुटेजमा देखिन्छ, उनले भने, सहकारीको सिसी टिभी फुटेजमा २ जना व्यक्ति मिलेर चोरी गरेको देखिएको छ ।’

सिसिटिभीको फुटेजमा सेतो सर्टपाइन्ट र क्याप टोपी लगाएका दुई जनाले चोरी गरेको देखिएको श्रेष्ठले जानकारी दिए। चोरीको घटना जानकारी पाए लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए।

‘घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली घटनास्थल पठाइएको छ,  ‘आंशका गरिएको व्यक्तिहरु निगरानीमा राखि सादा पोशाकका प्रहरी समेत प्रहरी परिचालन गरिन अनुसन्धान सुरु गरिएको छ ।

NO COMMENTS