निषेधाज्ञाको मौका छोपेर यात्रुहरुसंग चर्को भाडा असुल्ने ३ माइक्रो चालक र सवारी प्रहरी नियन्त्रणमा

आइतवार, असार २७, २०७८
0
123

गोरखा २७, असार । गोरखामा निषेधाज्ञाको मौका छोपेर यात्रुहरुसंग चर्को भाडा असुल्ने ३ माइक्रो चालकलाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाका बेला छलछाम गरि गोरखा काठमाण्डौ तथा नारायणघाट सम्म यात्रु बोक्दै आएका माईक्रोबस सहित चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

प्रहरीले गोरखाबाट काठमाण्डौं जादै गरेको बा ५ ख १०७३, नारायणगढ तर्फ जादै गरेको ग१ ख ९६२२ र काठमाण्डौंबाट गोरखा तर्फ आउदै गरेको बा ५ ख १०७७ नम्बरको माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोरखाबाट राजधानी तर्फ प्रति ब्यत्ति १ हजार रुपैयाँ असुलेर जादै गरेको अवस्थामा १२ किलो बजारबाट नियन्त्रणमा लिएको र अर्को नामजुङबाट नारायणगढ तर्फ जादै गरेको माइक्रोले पनि बढी भाडा असुलेको निषेधाज्ञा उल्लघंन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘बाह्य जिल्लाबाट सवारी साधन जिल्ला भित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन पनि नपाउने भएपनि सामाजिक सञ्जालमा सूचना नै राखेर सम्र्पक गरि यात्रु बोकेर ल्याउने गरेको रहेछ, उहाँले भन्नुभयो, ‘बिशेष सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका सवारी चालकहरुले गोरखादेखि काठमाण्डौसम्मको भाडा प्रतिव्यक्ति १ हजार रुपैया असुलेको पाइएको एसपी खनालले जानकारी दिए ।

सवारी साधनहरुले चेक प्वाइन्ट भन्दा नजिकै यात्रु झारेर हिडाउने र चेक प्वाइन्ट कटेपछि पुन यात्रु चढाएर ल्याउने लैजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस अघि दुइ हजार पाँचसय रुपैयाँ तिरेर जिल्लाका दुइवटा माइक्राेले यात्रु आेसार्दै आएका थिए । गाेरखा देखि काठमाण्डाै जाने भाडा ४५० रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here