Home Breaking News अपाङ्गमैत्री घर बनाएका श्रमिकहरुले तीन वर्ष पछि कामकाे ज्याला पाए

अपाङ्गमैत्री घर बनाएका श्रमिकहरुले तीन वर्ष पछि कामकाे ज्याला पाए

सोमवार, साउन ४, २०७८
0
245

गाेरखा । जिल्लाकाे शहिद लखन गाउँपालिका वडा नम्बर ७ का स्थानीय धन बहादुर श्रेष्ठकाे अपाङ्गमैत्री घर बनाएका श्रमिकहरुले तीन वर्ष पछि ज्याला पाएका छन् । २०७४ सालदेखि निर्माण सुरु भइ २०७७ सालमा सम्पन्न उक्त घर निर्माणमा काम गर्ने श्रमिकहरुले ज्याला नपाएकाे समाचार यस अघि मनासलु डटकममा डिजिटलाइज भएकाे थियाे ।

वडा अध्यक्ष शरण श्रेष्ठकाे अगुवाइमा निर्माण सम्पन्न भएकाे उक्त घरमा भएकाे लागतका बारेमा २०७७ साल भदाै ३० गते खर्च र आम्दानी विवरण सार्वजनिक भएकाे थियाे । आफूहरुले अधिकाँश रकम पाएकाे र केही पाउने क्रममा रहेकाे निर्माणमा सँलग्न मान बहादुर गुरुङले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार साउने सक्रान्तिकै वरपर दिने तयारी हुँदै थियाे । नपाएकाे गुनासाे मिडियामा पनि देखेँ रकम व्यवस्थापन गरेर भाेलि पल्टै लगेर दिएकाे हुँ । अभियान सञ्चालन गरेर घर बनाएकाे भएपनि अधिकाँश लगानी आफूले गर्नुपरेकाे उनले बताए ।

यस अघि प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

NO COMMENTS