गाेरखा । गाेरखा नगपालिका भित्र रहेका १ देखि १४ वडा नम्बरका १६ स्थानमा काेराेना भाइरस विरुद्धकाे खाेप सुरु भएकाे छ । आज र भाेलि चल्ने कार्यक्रममा यस अघि असार २४ गते देखि साउन १ गते सम्म लगाएका नागरिकहरुले भेराेसिलकाे दाेश्राे डाेज लगाउनेछन् ।
नगरभित्रका पाँचवटा खाेप केन्द्रमा नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाले स्वयँसेवकहरु परिचलान गर्ने जनाएकाे छ ।
जिल्लाकाे अन्य पालिकामा समेत आज खाेप कार्यक्रम सञ्चालन भएका छन् ।