गाेरखा । जिल्ला अस्पताल गाेरखा आज सिरानचोक गाऊँपालिका वडा नम्वर ४ का एक कोरोना संक्रमित पुरुषको निधन भएको छ ।
८३ वर्षका पुरुषको उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिएका छन् ।
भदौ १३ गते उपचारका लागिअस्पताल आएका पुरुषमा अस्पतालले गरेको एन्टिजेन परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनकाे अस्पतालको एचडियू बेडमा उपचार गराइएकाे थियाे । दुई वर्षदेखि ओच्छ्यान परेका उनमा अन्य स्वास्थ्य समस्या पनि रहेको अस्पतालले जनाएको छ । बृद्धको शव ब्यवस्थापनको तयारी भैरहेको अस्पतालले जनाएकाे छ ।