गोरखा । बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेकाे डिसिसिएमसी बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेकाे छ ।
निजी तथा सार्वजनीक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाएर सबै खुला गर्ने निर्णय भएकाे सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । जिल्ला भरका बजार समेत दिनभर खुल्ने छन् । बजार साँझ ७ बजेसम्म पछि बन्द गर्नुपर्नेछ र होटल रेष्टुरेन्ट पनि बेलुकी ९ बजे पछि बन्द गर्नुपर्नेछ ।
काेविड संक्रमणकाे जाेखिम धेरै भएकाे स्थानमा स्थानीय तहकाे समन्वयमा आवश्यकता अनुसार बन्द गरिने उनले बताए । पालिका क्षेत्रमा काेराेना भाइरसकाे जाेखिम हेरेर डिसिएमसीले निर्माण गरेकाे मापदण्डभित्र रहि विद्यालय तथा अन्य शैक्षिक संस्था खाेल्ने अधिकार स्थानीय पालिकालाई दिइएकाे सहायक प्रजिअ भण्डारीले जानकारी दिए ।