तीज पर्व घरमै बसेर साङकेतिक रुपमा मनाउन गाेरखा प्रशासनकाे सूचना

बिहिबार, भदौ १७, २०७८
0
294
जिल्ला प्रशासन कार्यालय गाेरखा ।

गाेरखा  । जिल्ला प्रशासन कार्यालय गाेरखाले नारीहरुकाे पर्व तीजलाइ घरमा बसेर साङकेतिक रुपमा मनाउन सूचना जारी गरेकाे छ । प्रशासकीय अधिकृत हर्क बहादुर राेकाद्वारा जारी सूचनामा  असाेज २ गते सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी भएकाेले हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज पर्वलाइ भीडभाड नगरी घरमै बसेर मनाउन अनुराेध गरिएकाे छ ।

साथै सबै आमा तथा दिदि बहिनिहरुमा तीज पर्वकाे अवसरमा शुभकामना समेत प्रदान गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here