Home Breaking News गणपूरक सँख्या नपुगेपछि बारपाकमा काँग्रेसकाे वडा अधिवेशन स्थगित

गणपूरक सँख्या नपुगेपछि बारपाकमा काँग्रेसकाे वडा अधिवेशन स्थगित

शुक्रबार, भदौ १८, २०७८
0
205

भदौ १८, गोरखा । वारपाक सुलिकोट गाऊँपालिका वडा नम्वर १ र २ मा नेपाली काँग्रेसको वडा अधिवेशन आज स्थगित भएको छ ।

गणपूरक संख्या नपुगेकाले दुबै वडामा आज अधिवेशन हुन सकेन, भोली बिहान ८ वजेबाट शुरु हुन्छ’ काँग्रेसका जिल्ला सभापति हरि बहादुर घलेले भने ।

‘पानी परेका कारण टाढाबाट आउने सदस्यहरु आउन नसकेकाे र गणपूरक सँख्या नपुगेकाे उनले बताए । भाेलि सबै आउँछ हाेला त्यसपछि अधिवेशन सुरु हुन्छ उनले भने ।

NO COMMENTS