गाेरखा । जिल्लाकाे प्रसिद्ध धार्मीक तीर्थस्थल मनकामना मन्दिर आजदेखी खुलेकाे छ ।
मँगलबार मन्दिर प्राङगणमा बसेकाे जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र स्थानीयहरुकाे बैठकले स्वास्थ्य मापदण्ड पुरा गरी बाहिरबाट मन्दिरमा पुजा गर्ने व्यवस्था सहित आजदेखि खुलेकाे हाे ।
यस अघि स्थानीय ब्यापारी ब्यवशायीले मन्दिर खोल्न दबाव दिँदै आएका थिए । गाउँपालिकाले मन्दिर परिसरमा हेल्थ डेस्क स्थापना गरेकाे छ । भक्तजनहरुलाइ केही समस्या भएमा हेल्थ डेस्कमा समस्या राख्न सक्नेछन् । मन्दिर परिसरमा चाैविसै घण्टा प्रहरी तैनाथ हुनेछन् । मन्दिरका सबै क्षेत्रमा सिसिटिभि जडान गरिएका छन् ।
सबै भक्तजनहरुलाइ स्वास्थ्य मापदण्ड पूरा गरी पुजा गर्न शहिदलखन गाउँपालिकाे आग्रह गरेकाे छ । मनकामना मन्दिरकाे दर्शनका लागि बर्सेनी तीस लाख भन्दा धेरै भक्तजनहरु आउने गर्दछन् ।