गाेरखा । जिल्लाकाे प्रसिद्ध धार्मीक तीर्थस्थल मनकामना मन्दिर आजदेखी खुलेकाे छ ।
मँगलबार मन्दिर प्राङगणमा बसेकाे जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र स्थानीयहरुकाे बैठकले स्वास्थ्य मापदण्ड पुरा गरी बाहिरबाट मन्दिरमा पुजा गर्ने व्यवस्था सहित आजदेखि खुलेकाे हाे ।
मन्दिर सम्म पुग्ने केवलकार पनि आजबाट सञ्चालनमा आएकाे छ । मन्दिर केवलकार खुलेसँगै विहानैदेखि भक्तजनहरुकाे घुइँचाे लागेकाे छ । लकडाउन सुरु भएदेखि केवलकार र मनकामना मन्दीर बन्द रहेकाे थियाे ।
‘मनकामना मन्दिरमा कसरी पुजा ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा प्रमुख जिल्ला अधिकारी, पालिका प्रमुख स्थानीय जनप्रतिनिधी, क्षेत्र बिकास समितिका पदाधिकारी सँग योजना माग गरी साेही याेजना अनुसार आजदेखि सर्वसाधरणका लागि मन्दिर खाेलिएकाे हाे । ‘
यस अघि स्थानीय ब्यापारी ब्यवशायीले मन्दिर खोल्न दबाव दिँदै आएका थिए । गाउँपालिकाले मन्दिर परिसरमा हेल्थ डेस्क स्थापना गरेकाे छ । भक्तजनहरुलाइ केही समस्या भएमा हेल्थ डेस्कमा समस्या राख्न सक्नेछन् । मन्दिर परिसरमा चाैविसै घण्टा प्रहरी तैनाथ हुनेछन् । मन्दिरका सबै क्षेत्रमा सिसिटिभि जडान गरिएका छन् ।

सबै भक्तजनहरुलाइ स्वास्थ्य मापदण्ड पूरा गरी पुजा गर्न शहिदलखन गाउँपालिकाे आग्रह गरेकाे छ । मनकामना मन्दिरकाे दर्शनका लागि बर्सेनी तीस लाख भन्दा धेरै भक्तजनहरु आउने गर्दछन् ।






