गोरखा । गण्डकी प्रदेशका प्रहरी प्रमुख दिवेश लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निरिक्षण भ्रमण गरेका छन् ।
गोरखा आएका लोहनीले बिहिबार जिल्ला प्रहरी कार्यालय गोरखा र मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका हुन् ।
प्रमुख लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निर्माणाधिन भवनहरुको निरीक्षण गरेका थिए । उनले गोरखा प्रहरीले गरेको कामहरुको बिषयमा प्रहरी उपरिक्षक शेखर खनालले जानकारी गराएका थिए ।
गाेरखा जिल्लाकाे शान्ति सुरक्षाकाे अवस्था राम्राे रहेकाे आफूले अनुगमनका क्रममा देखेकाे लाेहनीले बताए ।