प्रहरीका प्रदेश प्रमुख गाेरखामा, गाेरखाकाे शान्ति सुरक्षा राम्राे

शुक्रबार, भदौ २५, २०७८
0
130

गोरखा । गण्डकी प्रदेशका प्रहरी प्रमुख दिवेश लोहनीले  जिल्ला प्रहरी कार्यालय गोरखाको निरिक्षण भ्रमण  गरेका छन् ।

गोरखा आएका लोहनीले बिहिबार जिल्ला प्रहरी कार्यालय गोरखा र मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका हुन् ।

प्रमुख लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निर्माणाधिन भवनहरुको निरीक्षण गरेका थिए ।  उनले गोरखा प्रहरीले गरेको कामहरुको बिषयमा प्रहरी उपरिक्षक शेखर  खनालले जानकारी गराएका थिए ।

गाेरखा जिल्लाकाे शान्ति सुरक्षाकाे अवस्था राम्राे रहेकाे आफूले अनुगमनका क्रममा देखेकाे लाेहनीले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here