कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ११ जनाको मृत्यु भएको हो ।
यसअवधिमा थप १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ६८९ जना संक्रमण मुक्त भएका छन् । देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनिहरु मध्ये ४०७ जनाको सघन उपचार कक्ष आइसियु र १२८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभर कोरोना संक्रमणका कारण हालसम्म ११ हजार बढि मानिसहरुको ज्यान गएको छ ।