गोरखा । विकास निर्माणकाे कामका लागि खानीबाट ढुङ्गा निकाल्ने क्रममा च्यापिएर एकजना पुरुष नागरिकको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ८ को ढोडेनी पाखामा स्थित खानीबाट ढुङ्गा निकाल्ने क्रममा ठुलो ढुङ्गा खसेर लाग्दा स्थानीय वीरबहादुर परियारको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
वडाको योजनाबाट टोल बस्ती जाने बाटो निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा दिउँसो १२ बजे तिर परियारलाई खसेको ढुङ्गाले लागेको र उनको घटना स्थलमा नै मृत्यु भएको गोरखा प्रहरीले जानकारी दिएको छ । मृतक परियारको शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याइएकाे छ ।