Home Breaking News २७ जना यात्रु बाेकेकाे बस भीरमा अड्किए पछि…

२७ जना यात्रु बाेकेकाे बस भीरमा अड्किए पछि…

सोमवार, कार्तिक ८, २०७८
0
99

कात्तिक ८, गाेरखा । गोरखामा आज बिहान यात्रुबहाक बस ठूलो दुर्घटनाबाट जोगिएको छ । आँबुखैरेनीबाट मनकामना तर्फ जाँदै गरेको यात्रु बस सहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित टङ्के भीरमा सडकबाट खस्न बाट जोगिएको हो ।

रामशाहघाट मनकामना सडकखण्डमा मनकामनाका लागि छुटेको बा ३ ख ४९० नम्बरको उक्त बसको पछाडीको टायरले सडक चेप्दा उकासेको जमिन भासिएपछि बस दुर्घटनाको अबस्थामा पुगेको थियो । साधुरो सडकमा बसले छेउ चेप्न पुग्दा बसको पछाडीको टायर सडको छेउमा पसेको थियो ।

घटना लगत्तै उद्धारमा पुगेको संसस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर जेसिवी लगायर फसेको बसलाई उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरेश न्यौपानले जानकारी दिए । ‘ठूलो बस नजाने ठाँउमा ठूलो बस गइहाल्यो, उनले भने , बाटो सांघुरो पर्यो त्यसपछि गाडी छेउमा फस्यो ।’ बिहान करिब ८ बजेको समयमा घटना भएको न्यौपानेको भनाई छ । बसमा २७ जना यात्रु सवार थिए । बसमा रहेका सवै यात्रु लगत्तै बसबाट ओर्लिएका थिए ।

रामशाह घाटबाट मनकामनाका लागि फाेर व्हील भएका साना सवारीहरु चल्ने गर्दछन् । ठूलाे सवारी साधन किन प्रवेश अनुमति दिइयाे भन्ने कारण खुल्न सकेकाे छ ।

 

NO COMMENTS