गोरखा । गोरखा उद्योग वाणिज्य संघको अधिवेशन पुस १० र ११ गते हुने भएकाे छ । ४६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष जिवनज्योति श्रेष्ठले बताए ।
कोरोनाका कारण गत चैतमा स्थगित भएको साधारण सभा तथा अधिवेशन पुसमा गर्ने गरी मिति तय गरेकाे उनकाे भनाई छ ।
आवश्यक तयारीका लागि ८ वटा उप समिति गठन गरिएकाे उनले बताए । अधिवेशन संघकै सचिवालय गोरखा नगरपालिका ६ छहरेमा निर्णय बैठकले गरेको छ ।
गाेरखा उद्याेग वाणिज्य सँघमा झण्डै एक हजार व्यवसायीहरु सूचिकृत रहेकाे श्रेष्ठले बताए ।