Home Breaking News द्रव्यशाह बहुमुखि क्याम्पसका पूर्व प्रमुख राजेन्द्र अर्यालकाे निधन

द्रव्यशाह बहुमुखि क्याम्पसका पूर्व प्रमुख राजेन्द्र अर्यालकाे निधन

शनिबार, कार्तिक १३, २०७८
0
125

तस्वीरमा राजेन्द्र अर्याल

गाेरखा । जिल्ला स्थित द्रव्य शाह बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख  नगरपालीका वडा-६ बराह निबासी राजेन्द्र प्रसाद अर्यालकाे गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएकाे छ ।

पित्त थैलीकाे क्यान्सर राेगबाट पिडित अर्याललाइ उपचारका लागि साँझ ७ बजे अस्पताल पुर्याइएकाे थियाे । उपचारकाे क्रममा   ९ः२५ बजे निधन हुन पुगेकाे अस्पतालले जनाएकाे छ ।

अर्याल विगत लामाे समयदेखि सामुदायिक क्याम्पस द्रव्य शाह बहुमुखि क्याम्पसमा अध्यापन गराउँदै आएका थिए । अर्यालकाे निधनले गाेरखाकाे शैक्षिक क्षेत्रमा क्षेती पुगेकाे छ । सरल  र मिजासिलाे स्वभावका अर्यालय पछिल्लाे समय राेगका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार पछि घरमा आराम गर्दै आउनुभएकाे परिवार स्राेतले जानकारी दिएकाे छ ।

 

NO COMMENTS