Home Breaking News ‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित जनगणना सुरु, गाेरखामा ४०४ जना गणक...

‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित जनगणना सुरु, गाेरखामा ४०४ जना गणक खटिए

बिहिबार, कार्तिक २५, २०७८
0
194

गोरखा । गाेरखासहित देशभर आजदेखि जनगणना सुरु भएकाे छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित सुरु भएकाे जनगणनाका लागि सम्पूर्ण तयारी सहित सुपरिवेक्षक र गणक कार्यक्षेत्रमा खटाइसकिएकाे जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ ।

जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषयबस्तु र सामग्री सहित क्षेत्रमा खटाइएकाे तथ्याङ्क  कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

जनगणनाका लागि गाेरखा जिल्लामा ४०४ जना गणक परिचालन भएका छन्  ।  गोरखा नगरपालिकामा ८२ , पालुङटार नगरपालिकामा ५९ , भीमसेन थापा गाउँपालिकामा ३० जना, आरुघाटमा ३६ जना, धार्चेमा २४ जना, चुमनुब्रीमा १६ जना, अजिरकोटमा २२ .बारपाक सुलिकोट गाउँपालिकामा ३४ जना, सिरानचोकमा ३१ जना, शहीद लखनमा ३७ जना र गण्डकी गाउँपालिकामा ३१ जना गणक खटिएका कार्यालयले जनाएको छ । जनसंख्याको आधारमा एउटा वडामा एक जनादेखि ११ जनासम्म गणक रहेका छन् ।

कार्यालय प्रमुख ढुङ्गानाका  अनुसार एकजना गणकले बजार क्षेत्रमा दुईसयदेखि दुईसय ५० घरपरिबारसम्म गणना गर्नुपर्ने छ । ग्रामीण (पहाडी) क्षेत्रमा एकसय ७५ देखि दुईसय २५ घर परिबार र हिमाली क्षेत्रमा एकसय २५ देखि एकसय ७५ घरपरिवारको तथ्यांक संकलन गर्नुपर्ने छ ।गणकहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न साेध्ने छन् । एक परिवारमा औसत: एक जना गणकलाइ २० मिनेट समय लाग्ने उनले बताए । गणकहरुकाे काम निरीक्षणका लागि जिल्लाभर ९८ जना सुपरिवेक्षक समेत खटिएका छन् ।

घरमा आएका गणकहरुलाइ आफ्नाे घर परिवारकाे सत्य विवरण दिनुपर्दछ । प्रत्येक १० वर्षकाे अन्तरमा जनगणना हुँदै आइरहेकाे छ । जेठ महिनामा गर्ने भनिएकाे गणना काेराेनाका कारण केही समय पछि सरेकाे थियाे ।

NO COMMENTS