तनहुँ । आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ अक्लाङ भाँगेकी वर्ष ३२ की महिला कात्तिक २५ गतेदेखि हराइरहेकी स्थानीय देवनारायण खवासले बताए ।
रेश्मा नाम गरेकी महिला आफ्ना श्रीमान बालबच्चा सहित छाेडेर हिडेकी हुन् । वित्तीय सँस्थाकाे किस्ता तिर्ने पैसा खाेज्न जान्छु भनेर घरबाट हिडेकी रेश्मा आज सम्म पनि घर नफर्केकाे उनका श्रीमान चाेक्टा खवासकाे भनाइ छ । आफ्नी श्रीमतिकाे अवस्था सार्वजनिक गरिदिन सराेकारवालाहरुलाइ उनले आग्रह गरेका छन् ।