गाेरखा । जिल्ला अस्पतालबाट बिरामी लिन गएकाे एम्बुलेन्स बिच बाटाेमै दुर्घटनामा परेकाे छ । आज बिहान जिल्ला सदरमुकाम स्थित ठुलो आँगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।
एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएको अवस्थामा रहेकाे छ भने चालक सम्पर्कमा नरहेका प्रहरीले जनाएकाे छ ।