Home Breaking News कक्षा १२ काे परीक्षाफल आज प्रकाशित हुने

कक्षा १२ काे परीक्षाफल आज प्रकाशित हुने

शुक्रबार, मंसिर १७, २०७८
0
143

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । शुक्रबार बिहान ९ बजे बोर्ड बैठक बोलाइएको छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । परीक्षा सकिएको आज ६७ दिनमा नतिजा सार्वजनिक गर्न लागेको छ । देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

NO COMMENTS