
चितवन । प्रेस जगतकाे याेजनाकार सँगठनकाे रुपमा रहेकाे प्रेस सेन्टर नेपालकाे चाैँथाे महाधिवेशन उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डबाट हुने भएकाे छ । शनिबार दियालाे फुड ल्याण्डमा हुने कार्यक्रममा ११ बजे उद्घाटन गर्ने गरी तयारी पूरा भएकाे महाधिवेशन आयाेजक समितिका सँयाेजक महेश्वर दाहालले बताए ।


महाधिवेशनमा भाग लिनका लागि ७७ जिल्ला , ७ प्रदेश र ३ गैरप्रदेशका दुइ हजार पत्रकारहरु चितवन आइपुगेका उनले बताए । सेन्टरमा आवद्ध पत्रकारहरु १५ हजारकाे सँख्यामा रहेका महासचिव विष्णु प्रसाद सापकाेटाले बताए ।





