Home Breaking News गाेरखामा ७३ औँ मानव अधिकार दिवस

गाेरखामा ७३ औँ मानव अधिकार दिवस

शुक्रबार, मंसिर २४, २०७८
0
174

गाेरखा । हरेक डिसेम्बर १० गतेका दिनलाइ अन्तराष्ट्रिय मानवअधिकार दिवसका रुपमा मनाउने प्रचलनलाइ गाेरखामा यस वर्ष सबै मानवअधिकारकर्मीहरु एक ठाउँमा रहेर सम्झिएका छन् । ७३ औँ मानवअधिकार दिवस मानव अधिकार सँङ्गठनका गाेरखा जिल्ला अध्यक्ष डिल बहादुर बस्नेतकाे अध्यक्षतामा हाेटल विसाैनिमा सम्पन्न भएकाे छ । कार्यक्रममा अधिवक्ता रमेश अधिकारीले मानवअधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल बार एसाेसिएसनका अधिकारिहरु , पत्रकार लगायतका सराेकारवाला निकायहरुकाे सहभागिता रहेकाे थियाे ।

गाेरखा जिल्लामा राज्यवाट भएका पिडितहरुले अझै न्याय नपाएकाे भन्दै अधिकारकर्मीहरुले चर्काे आलाेचना गरेका छन् । राज्यबाट नागरिकहरु बेपत्ता पारीनु गम्भीर विषय रहेकाे सँङ्गठनका अध्यक्ष डिल बहादुर बस्नेतले बताए । उनीहरु कहाँ छन् राज्यले खाेज्नु पर्दैन भनि प्रति प्रश्न समेत गरेका छन् । पछिल्ला समयमा घरेलु हिँसा समेत बढेकाे सराेकारवालाहरुले बताएका छन् ।

NO COMMENTS