नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशकाे अधिवेशन आज, प्रदेशका शिषर्थ नेता पाेखरामा

शनिबार, मंसिर २५, २०७८
0
193

मनासलु । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन आज मंसिर २५ गतेदेखि पाेखरामा सुरु भएकाे छ ।

पोखरा सभागृहमा दुई दिनसम्म चल्ने अधिवेशनले निर्वाचन प्रक्रियाबाट प्रदेशको नेतृत्व चयन गर्नेछ । प्रदेश अधिवेशनका अवसरमा माओवादी केन्द्रका गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै शीर्ष नेताहरु आज पोखरामा भेला हुन लागेका छन् ।

गण्डकीमा स्थायी बसोबास भएका पार्टी स्थायी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य,प्रतिनिधि सभाका सांसद, केन्द्रीय सल्लाहकार र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरुलाई अधिवेशनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिका अध्यक्ष हरि अधिकारीले  जानकारी दिए ।

अधिवेशनमा पार्टी विदेश विभाग प्रमुख एवं वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य देव गुरुङ, दीनानाथ शर्मा, शिक्षा संस्कृती तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल, गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डे, अनेमसंघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगर, केन्द्रीय सदस्यहरु खिमलाल देवकोटा लगायतका नेताहरु सहभागि हुनेछन् ।

अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक/एक जना गरी ९ सदस्यीय पदाधिकारी सहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ । प्रदेशको प्रथम अधिवेशन विशेष गरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रीत रहने अध्यक्ष अधिकारीले बताए ।

निर्वाचन प्रक्रिया मार्फत सबै समितिकाे टुङ्गाे लगाउने अधिकारीकाे भनाइ छ । आज हुने कार्यक्रमकाे पार्टी अध्यक्ष प्रचण्डले उद्द्घाटन गर्ने कार्यक्रम रहेकाे पार्टीका सचिव देवेन्द्र पराजुलीले बताए ।

अधिवेशनमा भाग लिन ११ जिल्लाका ८४६ जना प्रतिनिधिहरु पाेखरा आएका उनकाे भनाइ छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here