Home समाचार गाेरखाका व्यावसायी श्रेष्ठलाइ ‘डेकोरेसन अफ अनर इन सिल्भर पदवी’ बाट अस्ट्रियाली सरकारले...

गाेरखाका व्यावसायी श्रेष्ठलाइ ‘डेकोरेसन अफ अनर इन सिल्भर पदवी’ बाट अस्ट्रियाली सरकारले सम्मान गर्ने

शनिबार, असार ४, २०७९
0
128

गोरखा  । गोरखाका सफल ब्यवसायी राजेशबावु श्रेष्ठ अस्ट्रियाली सरकारबाट मान पदवीका लागि छनोट भएका छन्  श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर पदवी’ बाट अस्ट्रियाली सरकारले सम्मान गर्न लागेकाे हाे ।

नेपाल कै सफल ब्यवसायी मध्येका एक श्रेष्ठले बिगत २ दशक भन्दा धेरै समयदेखी केबुलकार समेत सञ्चालन गर्दै आएको छ । नेपालकै पहिलो केबुलकार मानिएको ‘मनकामना दर्शन प्रालिका निर्देशक समेत रहेका श्रेष्ठलाई अष्ट्रलियामा नै उक्त पदबाट सम्मानित गरिने भएको हो ।

समाजसेवी समेत रहेका श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत हुन  ।श्रेष्ठलाई उक्त पदका लागि जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रिया सरकारले दिने पदक ग्रहण गर्न स्वीकृति दिएको थियो । श्रेष्ठका बुवा लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डमा प्राप्त गरेका थिए ।

NO COMMENTS