Home अपराध/ दुर्घटना सवारी दुर्घटनामा २३ वर्षिय युवतीकाे मृत्यु

सवारी दुर्घटनामा २३ वर्षिय युवतीकाे मृत्यु

मङ्लबार, साउन ३, २०७९
0
184

गाेरखा । जिल्लाकाे अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने भच्चेक सडक खण्डमा छाेप्राकबाट भच्चेक तर्फ जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जीपले विपरित दिशाबाट आइरहेको बा ३ प ४८१५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलको पछाडी यात्रा गर्ने २३ बर्षकी मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

अजिरकोट गाउँपालिका वडा नम्बर २ स्थायी घर भएकी गुरुङको जीपको ठक्करबाट घटनास्थलमै मृत्यु भएको उनले बताए ।  दुर्घटनामा मोटरसाइकल चालक ३५ बर्षका मनराज गुरुङ घाइते भएका छन् । घाइते गुरुङको भच्चेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मोटरसाईकललाई ठक्कर दिने बोलेरो जीप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

NO COMMENTS