गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १ स्थित छापथाेक निवासी ७४ वर्षिय मनकुमारी भट्टले सामाजिक सुरक्षा भत्ता वापत पाएकाे रकमबाट गाउँमा छानाे सहितकाे धारा निर्माण गर्नुभएकाे छ ।
कालाेपत्र सडकमा एउटा कालाेपाइपलाइ काठकाे लाैराेमा अड्याएर गाउँलेहरुले पानीकाे प्रयाेग गर्दै आइरहेका थिए । धारा निर्माण पछि गाउँलेहरुलाइ पानी भर्न जान सहज भएकाे पानी पर्दा र घाम लाग्दा ओत लाग्ने ठाउँ समेत भएकाे स्थानीय रुपमती भट्टले बताउनुभयाे । सामाजिक सुरक्षाभत्ता आफूले गाउँमा सेवाका लागि खर्चने याेजना अनुसार धारा निर्माण गरेकाे मनकुमारीले बताउनुभयाे ।
सार्वजनिक स्थानमा छानाे सहितकाे धारा जिल्लामा पहिलाे पटक देखिएकाे पत्रकार राजेन्द्र न्याैपानेकाे भनाइ छ ।