गाेरखा । गाेरखा अस्पतालमा थाइराइड र हाडजाेर्नीका विरामीकाे उपचार सुरु भएकाे छ ।
थाइराइडका विरामीहरुकाे लागि परीक्षण उपकरण आएपछि उपचारकाे थालनी गरिएकाे गाेरखा अस्पताल विकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए । हाडजाेर्नी विशेषज्ञ आज आउनु भएकाे छ, भाेलिबाट उहाँले विरामीकाे चेकजाँच गर्नुहुन्छ, श्रेष्ठले भने ।
थाइराइडकाे T3T4TSH अर्थात TFT, भिटामिन B12, D परिक्षण सुरु भएकाे हाे ।
थाइराइड बारे
( रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तसर्थ सजिलोका लागि थाइराइड ड्राइभर हो भने हाम्रो अन्य अङ्ग मोटर हो । थाइराइड हाम्रो शरीरको अत्यन्तै महत्वपूर्ण अङ्ग हो । थाइराइड घट्ने र बढ्ने हुन्छ । थाइराइड ग्रन्थी धेरै चलाइयो भने हाइपर थाइराइड हुन्छ भने थाइराइडले गर्नुपर्ने भन्दा कम काम ग-यो भने हाइपो थाइराइड हुन्छ । हाइपर थाइराइड भयो भने मान्छे दुब्लाउँछ र हाइपो थाइराइड भयो भने मान्छे मोटाउँछ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ ।) । यसबाट नागरीकहरुलाइ अन्य अस्पतालमा जानुपर्ने बाध्यता हटेकाे छ ।
अस्पतालले यस अघि हाेमियाे डायलेसिस सेवा प्रदान गर्दै आएकाे छ । अस्तपालमा रहेका ५ थान मेसिनबाट विरामीहरुलाइ सेवा प्रदान गरिएकाे हाे । विगत दुइ वर्षदेखि दमाैली अस्पतालमा पुगेर डायलाेसिसकाे सेवा लिइरहेकाे देवि बहादुर राना जिल्लामा नै सेवा पाउँदा अत्यन्त सहज भएकाे बताउँछन् । आफूलाइ हप्तामा दुइपटक चार घण्टाका दरले डायलाेसिस गराउनुपर्ने अवस्था रहेकाे उनकाे भनाइ छ ।
पछिल्लाे समयमा उपचारमा विशेषज्ञ डाक्टर र उपकरणहरु थप भएपछि उपचार गराउन आउने विरामीकाे सङ्ख्या बढेकाे मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार श्रेष्ठ बताउँछन् ।
उपचारका लागि आएका विरामीहरुले सेवा पाए नपाएकाे बारेमा समितिका अध्यक्ष दैनिक विरामीकहाँ पुग्ने र जानकारी लिने गरेका छन् ।