Home Breaking News गाेरखामा चुनाव लड्न माओवादीले प्रचण्ड बाेलायाे

गाेरखामा चुनाव लड्न माओवादीले प्रचण्ड बाेलायाे

शुक्रबार, भदौ १७, २०७९
0
179

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) गोरखाले संघमा प्रत्यक्ष तर्फ चुनाव लड्न प्रचण्डलाइ बाेलाएकाे छ ।  प्रदेशमा प्रत्यक्ष तर्फ उमेद्वार बन्ने नेताहरुको प्रस्तावित नाम प्रचण्डकाे गाेरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रस्ताव गरेकाे छ । प्रचण्डले २०३३ सालमा आफूले जागिरे जीवन गाेरखाकाे भीमाेदय माविबाट सुरु गरेका र एक पटक गाेरखाबाटै निर्वाचनमा हाेमिने इच्छा व्यक्त गरेसँगै पार्टीले नाम सिफारीस गरेकाे मा‌‌‌‌ओवादी नेताहरुले बताएका छन् ।  ।

माओवादी केन्द्रले प्रतिनिधिसभा गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेतृ सुशिला सिंखडाको नाम सिफारिस गरेको छ ।  प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धिताल, पार्टीका गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।

उता प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा पार्टीका बरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश), पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे,केन्द्रीय सदस्य चुडामणी खड्का (प्रकाश) र लेखनाथ न्यौपानेको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको हो । क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँपार्टी अध्यक्ष नरबहादुर गुरुङ र नेता बासु पोखरेलको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ । माओबादी केन्द्रले जिल्ला अन्र्तगत संघ र प्रदेशका सवै क्षेत्रका लागि समानुपातिक तर्फका उमेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको बिश्वस्त स्रोतले जनाएको छ ।

NO COMMENTS