गाेरखा । पाँचदलिय गठबन्धनले चुनावी गठबन्धनका लागि भाग बण्डाकाे अन्तिम टुङ्गाे लगाएकाे छ । जसमा गण्डकी प्रदेशमा गाेरखाका एक र दुइ, लमजुङकाे एक, कास्कीकाे निर्वाचन क्षेत्र ३, गागलुङकाे एउटा निर्वाचन क्षेत्र र नवलपुरकाे एउटा निर्वाचन क्षेत्र माओवादीकाे काेटामा परेकाे छ । तनहुँ, स्याङ्जा, कास्की १, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वतका निर्वाचन क्षेत्र काँग्रेस लगायतका पार्टीका भागमा परेकाे छ ।
गाेरखामा एउटा सँघीय निर्वाचन क्षेत्रमा काँग्रेसले दावी गरिरहेकाे छ । यस अघि जितेका स्थानमा कसैले दावी र उम्मेदवारी नगर्ने सहमति अनुसार सँघमा काँग्रेसकाे उम्मेदवार नरहने गठबन्धनकाे निर्णय रहेकाे छ ।
के हुन्छ गाेरखामा
गाेरखा निर्वाचन क्षेत्र नम्बर १ र २ माओवादीका तर्फबाट उम्मेदवार रहनेछन् । निर्वाचन क्षेत्र नम्बर दुइकाे प्रदेश सभामा एउटा निर्वाचन क्षेत्रमा समाजवादी पार्टी र अर्काे निर्वाचन क्षेत्रमा माओवादी उम्मेदवार रहने छन् ।
निर्वाचन क्षेत्र नम्बर १ काे क मा माओवादी केन्द्र र ख मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनेछन् । गठबन्धन भन्दा बाहिरबाट उम्मेदवारी मनाेनयन गर्नेलाइ पार्टीले कारवाही गर्ने समेत निर्णय लिएकाे गठबन्धन दलका प्रजातान्त्रिक खेमाका एक नेताले बताए । गाेरखामा काँग्रेसलाइ प्रदेश सभाका दुइ वटा क्षेत्रकाे दावी कायमै रहेकाे उनले बताए ।