काठमाडौं, १७ कात्तिक। बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले आज पनि बहस गर्दैछन् ।
बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पुनः बहस हुनेछ । बुधबार सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए । सन्दीपका पक्षबाट आज तीनजना कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
बुधबार जिल्ला अदालत काठमाडौंमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए । सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् ।
अधिवक्ता सापकोटाको अनुसार जाहेरवालीको जन्मदर्ता अनुसारको जन्ममिति कायम भएमा उनको उमेर १९ वर्ष हुन्छ ।