Home Breaking News तनहुँ र गाेरखाका एमाले कार्यकर्ताहरु मध्य रातमा झडपमा उत्रिए

तनहुँ र गाेरखाका एमाले कार्यकर्ताहरु मध्य रातमा झडपमा उत्रिए

सोमवार, कार्तिक २८, २०७९
0
316

विमलनगर । पालुङटार नगरपालिका वडा नं. ७ मा नेकपा एमाले गाेरखा र तनहुँका कार्यकर्ता वीच मध्यरातमा झडप हुँदा प्रदेश सदस्य हरी प्रसाद काफ्ले घाइते भएका छन् ।

हिजाे राती अबेरसम्म पालुङटार ७ मा अवस्थित च्याङली म्याङ्गाे गार्डेन रिसाेर्टमा रहेका एमाले तनहुँ र गाेरखाका कार्यकर्ताहरूबीच राती करीब ११ बजेतिरकाे समयमा सँगै रहेका एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्ले माथि बियरकाे बाेतल प्रहार गर्दा काफ्लेकाे टाउकाेमा चाेट लागेकाे छ ।

घाइते काफ्लेलाइ तत्काल डुम्रेस्थित एक मेडिकलमा उपचारपछि काठमाण्डाै पठाइएकाे प्रहरीले जानकारी दिएकाे छ । काफ्लेकाे टाउकाेमा ९ वटा टाँका लगाइएकाे बताइएकाे छ ।

तत्कालै घटनास्थल पुगेकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारकाे टाेलीले रिसाेर्टबाट एक जनालाइ नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पठाएकाे छ भने एकजनालाइ डुम्रे प्रहरी चाैकीकाे टाेलीले नियन्त्रणमा लिएकाे जानकारी प्राप्त भएकाे छ । तनहुँबाट पन्त थरका युवाहरुकाे कमाण्डमा आएकाे युथफाेर्सकाे टाेलीले काफ्ले माथि आक्रमण गरेकाे हाे । काफ्ले गाेरखाका स्थापित नेता हुन् ।

NO COMMENTS