Home Breaking News स्वास्थ्य शिविरमा ६१८ जनाले सेवा लिए

स्वास्थ्य शिविरमा ६१८ जनाले सेवा लिए

सोमवार, मंसिर १९, २०७९
0
146

बारपाक सुलिकाेट,गाेरखा ।  जिल्लाकाे बारपाक सुलिकोट गाँउपालिकामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिका र स्वदेशी नेपालको आयोजनामा यहीँ मंसिर १२ गतेदेखि सुरु भएको शिविर आज सम्पन्न भएको हो ।

पालिका भित्रका ८ वटै वडालाई समेटेर स्वदेशी तथा विदेशी महिला चिकित्सकहरुद्धारा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न गरिएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । ६ दिनसम्म सञ्चालन भएको शिविरमा वडा नम्बर १ देखि ८ सम्मका ६ सय १८ जना महिलाहरुले स्वास्थ्य उपचार सेवा लिएको भट्टले बताए ।

शिविरमा स्वस्थ्य उपचार गराएका मध्ये ३१ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने चिकित्सकहरुले बताएको उहाँले जानकारी दिनुभयो । अप्रेसन गर्नुपर्ने बिरामीहरुको बारपाक सुलिकोट गाउँपालिका र स्वदेशी नेपालको सहयोगमा गोरखा अस्पताल तथा काठमाडौंका विभिन्न अस्पतालहरुमा निशुल्क अप्रेसनको व्यवस्था मिलाइने भट्टको भनाई छ ।

NO COMMENTS