Home Breaking News गाेरखामा १५ हजार बालबालिकाहरुकाे मुटुराेग परीक्षण गरिने

गाेरखामा १५ हजार बालबालिकाहरुकाे मुटुराेग परीक्षण गरिने

बुधबार, मंसिर २१, २०७९
0
172

गोरखा ।  जिल्लामा विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क मुटु जाँच शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजना तथा सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा मंसिर २३ र २४ गते निःशुल्क मुटु हुन लागेको हो ।

गोरखा अस्पताल र ११ किलोस्थित सेन्ट जोसेफ स्कुलमा शिविर गरीने रोटरी क्लब अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । ढकालका अनुसार गोरखा बजार र आसपासका बालबालिकालाई गोरखा अस्पताल र तल्लो क्षेत्रका बालबालिकालाई लक्षित गर्दै सेन्ट जोसेफ स्कुलमा शिविर गर्न लागिएको हो ।

शिविरमा करीब १५ हजार बालबालिकाको मुटु परिक्षण गर्ने लक्ष्य लिईएको क्लबले जनाएको छ । जिल्लामा मुटु रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएको भन्दै क्लबले यस पटक विद्यार्थी लक्षित शिविर सञ्चालनको तयारी गरेको हो ।

बालबालिकाको लागि मुटु परिक्षणमा शुल्क लाग्नेछैन । मुटुमा समस्या देखिएका बालबालिकाहरुको उपचार तथा शल्यक्रिया पनि आयोजकले निशुल्क गर्ने ब्यबस्था मिलाएको अध्यक्ष ढकालले बताए । गोरखा अस्पतालमा हुने शिविरमा अन्य सर्वसाधारणको पनि मुटु परिक्षण गरिनेछ । उनिहरुको लागि ३० रुपैयाँ टिकट शुल्क राखिएको छ ।

शिविरमा मुटुको परिक्षण सँगै इसिजि, इको र औषधी पनि निशुल्क वितरण गरिनेछ । शिविरमा मुटुको अप्रेशन गनुपर्ने विद्यार्थी र गरिब तथा असाह्यलाई निःशुल्क अप्रेशसनको समेत ब्यवस्था गरिएको पनि क्लबका अध्यक्ष ढकालले बताए ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको ३० जनाको टोली काठमाण्डौबाट आउनेछ भने डा. गुणराज लोहनी सहित गोरखा अस्पतालका १२ जना स्वास्थ्यकर्मीको टोली परिचालन हुनेछन् ।

शिविर सञ्चालनका लागि गोरखा र पालुङटार नगरपालिकाले ५०–५० हजार, सिरानचोक गाउँपालिकाले ३० हजार र शहिद लखन र भीमसेन थापा गाउँपालिकाले २५–२५ हजार आर्थिक सहयोग उपलब्ध गराउने पनि क्लबले जानकारी दिएको छ ।

NO COMMENTS