Home Breaking News धार्चे गाउँपालिकाको आ.व. ०७९।०८० को प्रथम चौमासिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ...

धार्चे गाउँपालिकाको आ.व. ०७९।०८० को प्रथम चौमासिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बुधबार, पुस २०, २०७९
0
155

गाेरखा । धार्चे गाउँपालिकाको आ.व. ०७९।०८० को प्रथम चौमासिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भीमसेन मिडिया एण्ड एडभरटाजिङ प्रा.लि. गोरखाको सहजीकरणमा भएको कार्यक्रम धार्चे गाउँपालिकाको आयोजनामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार र गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले उठेका प्रश्नहरुको जवाफ प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गुरुङले निर्वाचन पनि असार मसान्त, त्यसपछि वर्षात, सँघ र प्रदेशको निर्वाचनका कारण विकास निर्माणका कामहरु प्रर्याप्त रुपमा हुन नसकेको बताए । अवका समय विकासमा लागि पर्ने उहाँले बताउनुभयो । नीति तथा कार्यक्रम अनुसार बजेट ल्याइएको बताउँदै उनले वडा, गाउँ र समाजप्रति लक्षित गरेर बजेट ल्याइएको भनाइ राखे । सर्बे, इष्टिमेट गरेर उपभोक्ता समिति गठन गरिएको निर्माण कार्यान्वयनका लागि उपभोक्ता समितिलाई अभिमूखिकरण गरिएको उनले बताए । वर्षात अघि नै निर्माणका कामहरु सक्ने योजनामा आफूहरु रहेको उनकाे भनाई छ ।

वर्षातको समयमा गाडि नचल्ने, बाटोहरु अवरुद्ध हुने, नेटको समस्या पर्ने भएका कारण भुक्तानीमा कठिनाइ हुने भएकाले विकास निर्माणका कामहरु वर्षात अघि सक्ने गरी काम भइरहेको उनको भनाइ छ । जेठ महिना भित्र भुक्तानी सक्ने उनले बताए । यस अघि देखा परेका समस्याबाट सचेत हुँदै काम गर्ने उहाँको भनाई छ । सुशासन कायम गरेर स्थानीय सरकार सञ्चालन गरिरहेको उहाँको भनाइ ५ । सँघ र प्रदेशले स्थानीय तहलाइ दिएको अधिकार प्रयोग गरेर आफूहरुले काम गरेको उहाँको भनाइ छ । पालिकाको राजश्व वृद्धिका लागि आन्तरिक स्रोत व्यवस्थापनमा पालिका जुटेको उहाँको भनाइ छ । नियम भित्र छिरेर राजश्व वृद्धि गरी पालिकाको आम्दानी बढाउने उनले बताए ।  पालिका भवन बारपाक लाप्राक माछिखोला सडक योजनाका ठेकेदारहरुको आफूले खोजी गरिरहेको उनले बताए  । ठेक्का लिने तर काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्नुे उनकाे भनाइ छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले पालिकाले जनताको पक्षमा काम गरिरहेको बताइन । लोक सँस्कृतिको रक्षाका लागि बजेट व्यवस्थापन गर्दै जाने उनले बताइन । योजनाका अनुगमनलाइ प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनकाे भनाइ छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले पालिकाले २०७९ साउन देखि कातर्िक मसान्त र त्यसपछि भएका कार्यक्रमका बारेमा जानकारी दिए । सहभागिहरु उठाएका प्रश्नका बारेमा प्रमुख प्रशासकीय अधिर्कत सुनार, पालिका उपाध्यक्ष सुनिला गुरुङर गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जवाफ दिएका थिए ।   पालिकाको सभाहलमा भएको  कार्यक्रममा सहभागिहरुले आ आफ्ना जिज्ञासा राखेका थिए ।

NO COMMENTS