किर्तिपुर अस्पतालकाे तेस्राे तलाबाट फाल हान्द युवक घाइते

बुधबार, पुस २०, २०७९
0
120
साँकेतिक तस्वीर

काठमाडौं .  कीर्तिपुर अस्पतालबाट हामफालेर एक युबक घाइते भएका छन् । अस्पतालको तेस्रो तलाबाट हामफाल्दा युवक घाइते भएका हुन् । उनि राति साढे १० बजे हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएका हुन्। रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here