गोरखा . जिल्ला भित्र रहेका सबै सेवा प्रदायक संस्थाहरुलाई नागरिक बडापत्रको कार्यान्वयन गर्न निर्देशन दिने भएको छ । प्रमुख जिल्ला अधिकारी शंकर हरी आर्चायको अध्यक्षतामा आज बसेको जिल्ला स्तरीय अनुगमन तथा मुल्याङकन समितको बैठकले जिल्ला भित्रका सबै सार्वजनिक सेवा प्रदायक संस्थाहरुलाई यस्तो निर्देशन निर्णय गरेको हो ।
बैठकले सेवाग्राही कार्यालयको लेआउट मिलाउन, सहयोगी कक्षको व्यवस्था मिलाउन, पालो निर्धारणको लागी टोकन प्रणाली लागु गर्ने लगायतका कार्य गरी सेवा प्रवाहालाई व्यवस्थित र प्रारदर्शी बनाई सुशासन कायम गर्न निर्देशन दिने निर्णय गरिएको सहायक प्रमु्ख जिल्ला अधिकार एवंम सूचना अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत बिकास कार्यक्रम तोकिएको मापदण्डमा अनुसार समयमा सम्पन्न गर्न निर्देशन दिने निर्णय भएको छ ।
साथै बिकास आयोजना कार्यान्वयनमा कुनै पक्षबाट ढिला सुस्ती र लापरबाही नगर्न निर्देशन दिने सहायक प्रमु्ख जिल्ला अधिकार बरालले बताउनुभयो । यसैगरी कार्यालय अनुगमन तथा बिकास आयोजनाहरुको अनुगमनलाई निरन्तरता सहित थप प्रभावकारीता बनाउने निर्णय गरिएको छ । बजार अनुगमनलाई पनि थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ ।
बैठकमा जिल्ला समान्वय समिति गोरखाका प्रमुख मोहन थापा, जिल्ला समान्वय अधिकारी नानी बाबु पोखरेल गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर, राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च गोरखाका सचिव सन्तोष दुवाडीलगायतको उपस्थिती रहेको थियो ।






