Home Breaking News आँवुखैरेनी गाउँपालिकाद्वारा शहिद, वेपत्ता तथा अङ्गभङ्ग भएका परिवारलाइ मासिक सातहजार जीविकोपार्जन भत्ता...

आँवुखैरेनी गाउँपालिकाद्वारा शहिद, वेपत्ता तथा अङ्गभङ्ग भएका परिवारलाइ मासिक सातहजार जीविकोपार्जन भत्ता प्रदान

शनिबार, पुस २३, २०७९
0
150

तनहुँ । जिल्लाकाे आँवुखैरेनी गाउँपालिकाले गणतान्त्रिक आन्दाेलन, जनआन्दाेलनमा शहिद भएका, वेपत्ता भएका र आन्दाेलनका क्रममा घाइते भएका परिवारजनहरुलाइ मासिक सात हजारका दरले जीविकाेपार्जन भत्ता उपलब्ध गराउन थालेकाे छ ।

पहिलाे चरणमा   ८ घर परिवारलाई उक्त कार्यक्रमबाट  सम्मान गरिएको छ । गाउँपालिकामा आयाेजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानले उनीहरुलाइ सम्मान सहित जीविकाेपार्जन भत्ता उपलब्ध गराएका हुन् ।

NO COMMENTS