गोरखा मिलन समाज पोखराले कार्की डाँडामा रमाईलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गोरखा जिल्लाबाट पोखरा आई बसोबास गर्ने सबैको साझा समाजको रुपमा स्थापित गोरखा मिलन समाज पोखराले आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत बनभोज कार्यक्रमलाई हरेक बर्ष गर्दै आएको छ । पारिवारिक मिलन, परिचय तथा भेटघाटका साथ रमाईलो गर्ने उद्देश्यले गरिएको कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान उर्जा खानेपानी तथा सिंचाई मन्त्री हरिशरण आचार्यको प्रमुख उपस्थिती रहेको थियो भने समाजका पूर्व अध्यक्ष, सल्लाहकारहरु, संस्थापक सचिव गणेश श्रेष्ठ, संस्थामा आबद्ध सबै सदस्यहरु लगायत बिभिन्न कलाकारहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा खेलकुदका बिबिध बिधाहरु समावेश गरिएको थियो । बालबालिका तथा महिला पुरुषहरुको लागि बिस्कुट टिपाई, राउण्ट चियर, नृत्य प्रतियोगीता, अड्कलबाजी, घैंटो फूटाई लगायतका खेलहरु समावेश गरिएको थियो ।
कार्यक्रममा समाजको देउसी भैलोमा सहयोग गर्ने बिभिन्न महानुभावहरु लागायत कलाकारहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन समाजका सचिव शित्तल श्रेष्ठले गर्नुभएको थियो भने खेलकुद संयोजन पदमलाल श्रेष्ठ र संस्कृतीक कार्यक्रमको संयोजन समाजका कार्यसमिति सदस्य बिकास नेपालीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष कोपिला श्रेष्ठले गर्नुभएको थियो ।