Home Breaking News नेतृत्व लिन सक्ने खुवी भएका पाैडेल सबैका सहयाेगी थिए

नेतृत्व लिन सक्ने खुवी भएका पाैडेल सबैका सहयाेगी थिए

शुक्रबार, माघ १३, २०७९
0
161

राजेन्द्र न्याैपाने

पत्रपत्रिकामा नाम देखेपनि खासै चासाे दिने गरेकाे थिइन । सेतीनदिमा आएकाे बाढीका समयमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड त्यस तर्फ निरिक्षणमा जाने क्रममा नेपाल टेलिभिजनका लागि पाेखरा सम्बाददाता रहेका पत्रकार त्रिभुवन पाैडेलले बाढी आएकाे क्षेत्र देखाउँदै गरेकाे तस्वीर निक्कै लाेकप्रिय भएकाे थियाे । उनी सँगठनमा सक्रिए थिए । कसैले महत्वाकाँक्षी साेचविचार राखे तुरुन्तै नियन्त्रणमा लिइहाल्ने गर्दथे ।

क्रान्तिकारी पत्रकार सँघकाे प्रदेश समिति चयन गर्ने क्रममा ११ वटै जिल्लाका साथिहरुसँग भेटघाट र चिनजान गर्ने अवसर मिल्याे । भेला हुनु अगाडि नै जिल्ला नेतृत्वलाइ सम्पर्क गरी आफ्नाे जिल्लाकाे फरक पहिचान दिन उनले अनुराेध गर्दथ्ये । बैठकमा सहभागि हुँदा कमजाेर ढँगले प्रस्तुत नहुन र अरु भन्दा एक कदम अघि जान उनकाे सुझाव रहने गर्दथ्याे ।

कूनै पनि समस्यामा सके समस्याकाे समाधान खाेज्ने नसके आशावादी बनाइ राख्न उनी निक्कै सिपालु थिए । पत्रकारकाे आन्तरिक सङ्गठन र वाहय सँगठनमा त्यत्तिक्कै लाेकप्रिय रहेका पाैडेल साथीहरुलाइ समस्या पर्दा अहाेरात्र खट्दथ्ये ।

नेपाल पत्रकार महासँघकाे गण्डकी प्रदेश समितिकाे सँस्थापक अध्यक्ष रहिसकेका पाैडेलकाे कार्य समिति निर्विराेध चयन भएकाे थियाे । उनी अध्यक्ष भएकाे डेढ वर्ष भित्र उनले प्रदेशकाे भवन निर्माणकाे काम गरेका थिए  । काेराेना सङ्क्रमणकाे जाेखिममा समेत उनले स्राेत जुटाएर भवन निर्माणकाे काम गरेका थिए । उनीलाइ समितिका पदाधिकारी र सदस्यहरुकाे साथ राम्राे रहेकाे थियाे । सँक्रमणका समयमा जिल्ला जिल्ला पुगेर उनले स्वास्थ्य सामग्री वितरण गरेका थिए । भर्खरै स्थापना भएकाे प्रदेशकाे कुनैपनि स्राेत  नभएपनि स्राेत जुटाएर र साथीहरुकाे मन जितेर उनले गर्नुपर्ने गतिविधिलाइ निरन्तर गरिरहेका थिए ।

गण्डकी प्रदेश पत्रकार महासँघकाे व्यानरमा मिडिया सम्मेलन समेत उनले आफ्नाे छाेटाे कार्यकालमा सम्पन्न गरेका थिए । सबै पत्रकारहरुलाइ एउटै छातामुनि जाेड्न उनी पूर्ण रुपमा सफल थिए ।

पछिल्लाे पटक भएकाे पत्रकार महासँघकाे निर्वाचनमा उनी धेरै मत ल्याएर महासँघकाे केन्द्रीय सदस्य भएका थिए । आफ्नाे कार्यकालमा उपाध्यक्ष रहिसकेका नारायण शर्मालाइ उनले गण्डकी प्रदेश पत्रकार महासँघकाे अध्यक्षकाे जिम्मेवारी हस्तान्तरण गरेका थिए । मनाेनयनकाे क्रममा शर्मालाइ इञ्छा भए केन्द्रीय सदस्यमा जान समेत उनले सुझाव दिएका थिए । जिल्लामा भएकाे पत्रकार महासँघकाे निर्वाचनमा प्रेस युनियनले सहमति पालना नगरेकाे प्रति उनले पछिल्लाे समयसम्म खेद व्यक्त गर्दै आएका थिए ।

दुरदर्शी क्षमताका पाैडेलले आफ्नाे सँगठन प्रेस सेन्टरका साथीहरुका माझ नेपाल पत्रकार महासँघमा आगामी वर्ष कसरी जाने र त्यसकाे तयारी वर्षदिन अघि आ आफ्नाे जिम्मेवारी अनुसार गर्न निर्देशन दिइसकेका थिए । महासँघकाे केन्द्रमा उनी पदाधिकारी हुने लगभग निश्चित नै थियाे । प्रेस सेन्टरका प्रदेश इञ्चार्ज र केन्द्रका उपाध्यक्ष रहेका पाैडेल गण्डकीबाट प्रचण्ड उम्मेदवार रहनु राम्राे रहेकाे र यसले प्रदेशभरीका पत्रकार साथीहरुकाे क्षमता विकासमा सहयाेग पुग्ने भएकाले निर्धक्कका साथ काम गर्न सुझाव दिने गरेका थिए ।

पछिल्लाे समय उनले प्रेस सेन्टरमा आफ्नै सँयाेजनमा प्रदेशकाे विशाल भेला गराएका थिए । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनु अघि ने उनले प्रेस सेन्टरकाे केन्द्रिय समिति बैठक गण्डकी प्रदेशमा र त्याे पनि प्रचण्ड निर्वाचित भएकाे क्षेत्रमा राख्ने निर्णयका साथ पूर्ण तयारी गरेका थिए । साथिहरुकाे सुझावका आधारमा निर्णय लिने र प्रदेशकाे स्तर एककदम माथि राख्न उनी सक्रिए थिए । राजनैतिक चटाराेका कारण अध्यक्षकाे समय व्यवस्थापनमा समस्या हुँदा बैठक काठमाण्डाैमा बसेकाे थियाे ।

घटना हुनु अघि सम्म समेत पाैडेल गण्डकी प्रदेशकाे मन्त्रालयले गरेका कार्यक्रमहरुमा अग्रमाेर्चामा रहेर काम गर्दै आएका थिए  । पछिल्लाे समय प्रदेशभरीका पत्रकारहरुकाे पारीवारीक स्वास्थ्य विमामा ११ जिल्लाका सबै पत्रकारहरुकाे अनिवार्य रहनुपर्ने, विद्यालयमा स्टाफ नर्सकाे थालनी प्रदेशबाट गर्नुपर्ने लगायतका मागमा कडाका साथ पाैडेल  प्रस्तुत भएका थिए ।

पत्रकारकाे केन्द्रले माेफसललाइ हेर्ने दृष्टिकाेण फरक रहेकाले गण्डकी प्रदेश केन्द्र भन्दा कम नभएकाे सन्देश दिन चाहन्थे पाैडेल । उनी आफू काठमाण्डाै नै रहेर काम गर्न सके प्रदेशका पत्रकार साथीहरुले आफूले भाेग्न परेकाे जस्ताे असहज भाेग्नुनपर्ने पर्दैन, मेराे राम्राे सम्भावना छ भनिरहन्थे । अथाह सम्भावना बाेकेका उनै त्रिभुवन पाैडेले आज हामी माझ रहनुहुन्न भन्दा कसैका आँखा ओभानाे छैनन् ।

गण्डकी प्रदेशका एउटा क्षमतावान युवा प्रशस्तै सम्भावना लिएर अघि बढेका थिए । उनले आफ्ना व्यक्तिगत समस्या कहिल्यै साथिहरु माझ प्रस्तुत गरेनन् । नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशकाे साधारणसभा चलिरहँदा उनलाइ नदेख्दा त्रिभुवन खै भनेर सबैले भनिरहँदा उनी अस्पतालमा छाेराकाे उपचारमा रहेका थिए । अस्पतालमा छाेरालाइ दिदिकाे साथ छाडेर उनी बन्द सत्र सञ्चालनका लागि महासँघमा आएका थिए । उनी आफ्नाे उत्तरदायित्वबाट कहिल्यै पछि हटेनन् । उनी कुशल सँगठक थिए । गण्डकी प्रदेशका उनी आशा र भराेसा भएका नेता थिए । आज उनी हामी माझ नभएकाे १३ औँ दिन पुगि सकेकाे छ । यस दुखद घडीमा शाेक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रदान गर्दै त्रिभुवन पाैडेल प्रति हार्दिक श्रद्धासुमन !

 

NO COMMENTS