Home Breaking News महेन्द्र मावि कुन्दुरमा अभिभावक शिक्षा कार्यक्रम

महेन्द्र मावि कुन्दुरमा अभिभावक शिक्षा कार्यक्रम

मङ्लबार, माघ १७, २०७९
0
134

अभिभावक शिक्षा कार्यक्रममा सहभागि अभिभावकहरु । तस्वीर मनासलु डटकम

गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १२ स्थित महेन्द्र मा.वि. कुन्दुरका कक्षा १ देखि १२ सम्मका अभिभावकहरुलाइ अभिभावक शिक्षा कार्यक्रम सञ्चालन भएकाे छ ।

वडा नम्बर १२ काे सभाहलमा भएकाे कार्यक्रममा वडा अध्यक्ष डिल बहादुर थापाले बालबालिकाकाे शिक्षाकाे विकास लागि घरमा रहने अभिभावकहरु पहिलाे जिम्मेवार व्यक्ति हुने बताए । घरमा वातावरण राम्राे भयाे र सँस्कायुक्त घरपरिवार छ भने त्यस घरका बालबालिकाकाे शिक्षाकाे गुणस्तर राम्राे हुने उनकाे भनाइ छ ।

कार्यक्रममा विद्यालयकाे प्रधानाध्यापक गाेपालबाबु मरहट्टाले विद्यालयले यस्ता कार्यक्रमकाे आयाेजना गर्नुकाे ‌‍औचित्य बारेमा आफ्ना धारणा राखेका थिए । विद्यालयका अभिभावकहरुलाइ कक्षा १ देखि ५, कक्षा ६ देखि ८ र कक्षा ९ देखि १२ गरी तिन समूहमा विभाजन गरेर शिक्षा प्रदान गरिरहेकाे हाे । साेमबारदेखि सुरु भएकाे कार्यक्रम आज पनि चलिरहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धी बहादुर कुमालले बताए ।

विद्यार्थीकाे सिकाइ उपलब्धी सुधारका लागि अभिभावकहरुलाइ समेत जिम्मेवार बनाउन कार्यक्रमकाे आयाेजना गरिएकाे विद्यालयले जनाएकाे छ । घरमा आफ्ना बालबालिकाकाे हेरचाह कसरी गर्ने, बालबालिकाकाे सुरक्षा कसरी गर्ने, घरकाे वातावरण सकरात्मक बनाउन के गर्ने, सामाजिक कार्यमा विद्यार्थीकाे सहभागिता बढाउने उपायहरु, बालबालिका प्रति बाबुआमाकाे वानी व्यवहार कस्ताे रहनुपर्ने, कुलतबाट बालबालिकालाइ कसरी बचाउने, पढ्ने प्रयाेजनबाहेक अन्य अवस्थामा माेवाइल फाेनकाे सदुपयाेग कसरी गर्ने, बालबालिकाले बाबु आमा र शिक्षकलाइ गर्ने व्यवहारमा अझै सुधार ल्याउने गर्नुपर्नै उपायहरुकाे बारेमा सहजीकरण गरिएकाे कार्यक्रमका सहजकर्ता लक्ष्मण भण्डारीले बताए  ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धी बहादुर कुमालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन महेन्द्र मावि कुन्दुरका सहायक प्रधानाध्यापक मिन बहादुर नेपालीकाे सञ्चालनमा सुरु भएकाे थियाे । विद्यार्थीकाे सिकाइ उपलब्धी वृद्धिका लागि अभिभावक शिक्षाले सहयाेग पुग्ने नेपालीकाे भनाइ छ ।

 

 

 

NO COMMENTS