Home Breaking News घ्याम्पेसाल ताकुकाेट सडककाे ८ किलाेमिटर कालाेपत्रे बैशाखभित्र हुने

घ्याम्पेसाल ताकुकाेट सडककाे ८ किलाेमिटर कालाेपत्रे बैशाखभित्र हुने

आइतवार, माघ २२, २०७९
0
395

गाेरखा । घ्याम्पेसाल ताकुकाेट सडककाे ८ किलाेमिटर खण्ड २०८० बैशाख महिना भित्र कालाेपत्रे हुने भएकाे छ । विरुवा यव एण्ड लामा जेभी कम्पनीले जिम्मा पाएकाे उक्त कामकाे स्ट्रक्चर निर्माणकाे काम ९० प्रतिशत सकिएकाे कम्पनीले जनाएकाे छ ।

नालाकाे काम ६० प्रतिशत सकिएकाे छ । बाँकी काम सकेर सडकलाइ सवग्रेड गर ग्राभेलकाे काम सुरु हुने कम्पनीका फिल्ड इञ्चार्ज कमल कार्कीले बताए । पछिल्लाे समय बैशाख २४ गते सम्मका लागि कामकाे म्याद थप भएकाे छ । याे समय भित्र काम सक्ने कम्पनीकाे तयारी रहेकाे उनले बताए । अस्फाल्ट कालाेपत्र गर्ने हाे , काम एकदिन मात्रै पनि राेकिदैन उनले भने ।

पछिल्लाे समय क्रसरमा सरकारले गरेकाे निर्णयले कामलाइ प्रभावित पारेकाे उनले बताए ।

घ्याम्पेसाल ताकुकाेट सडक खण्ड कालाेपत्रे हुन नसक्दा हिउँदमा धुलाे र वर्षातमा हिलाे र पहिराेकाे मारमा सवारी साधनहरु यात्रुहरु पर्ने गरेका छन् ।

सडक निर्माणकाेका काम छिटाेगरी सक्न बारपाक सुलिकाेट गाउँपालिकाले पटक पटक ताकेता गर्दै आएकाे थियाे । ८ किलाे मिटर क्षेत्रमा कम्पनीका १ थान डाेजर र केही ज्यामीहरु काममा खटिएकाे देखिएकाे थियाे । नाला निर्माण सकेपछि ग्राभेलकाे काम सुरु हुने कम्पनीका कर्मचारी कार्कीले बताए ।

NO COMMENTS