Home Breaking News साँसदहरुकाे काम याेजना निर्माण र अनुगमन हाे : सभामुख धिताल

साँसदहरुकाे काम याेजना निर्माण र अनुगमन हाे : सभामुख धिताल

मङ्लबार, माघ २४, २०७९
0
188

गाेरखा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले साँसदहरु पैसा लिएर गाउँ जाने नभै आफ्ना भूगाेलमा आवश्यक पर्ने याेजना निर्माण र कार्यन्वयन चरणमा रहेका याेजनाहरुकाे अनुगमन गर्न सक्रिय रहनुपर्ने बताएका छन् ।

जिल्लाकाे शहिदलखन गाउँपालिकामा आयाेजित अर्धवार्षिक समिक्षा कार्यक्रमलाइ सम्बाेधन गर्दै सभामुख धितालले भने,”दुइ चार कराेड लिएर वितरण गर्न गाउँजाने परीपार्टीकाे अन्त्य गर्नुपर्छ भन्ने लागेकाे छ । जनप्रतिनिधिहरुलाइ नियन्त्रण र नियमन गर्न पनि कानुन निर्माण गर्नुपर्छ । स्थानीय तहमा भएका जनप्रतिनिधिहरुमा आफूहरुले जे गरेपनि हुन्छ भन्ने मानसिकता रहेकाेले यसलाइ नियन्त्रण गर्नु आवश्यक छ, यसबारेमा कानुन बनाउन छलफल चलिरहेकाे छ ।”

शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पालिका भित्र रहेका शाखाहरुले अर्धबार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । हाल सम्म पालिकाकाे वित्तीय प्रगति ३१.९ प्रतिशत देखिएकाे छ ।

निर्माणकाे  काम पूर्ण भैसक्दा समेत केन्द्रबाट बजेट प्राप्त नहुँदा भुक्तानी गर्न नसकिएकाे पालिकाले जनाएकाे छ । अघिल्लाे आर्थिक वर्षकाे अर्धवार्षिकमा ३० प्रतिशत वित्तिय प्रगति भएकाे थियाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति गाेरखाका उपप्रमुख लिला परियार, पालिका उपप्रमुख इन्दिरा तिवारी, शिक्षा, स्वास्थ्य, कृषी, पशु, सामाजिका विकास लगायतका विभिन्न शाखाका प्रमुखहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

NO COMMENTS