Home अपराध/ दुर्घटना ढिलाे गतिमा माेटरसाइकल चलाउने प्रतिस्पर्धामा भट्ट प्रथम

ढिलाे गतिमा माेटरसाइकल चलाउने प्रतिस्पर्धामा भट्ट प्रथम

मङ्लबार, फाल्गुन ९, २०७९
0
117

गोरखा, फागुन । गोरखामा ढिलो गरि मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरिय खुल्ला सुस्त गतिमा बाईक चलाउने प्रतियोगिता  सम्पन्न भएको हो ।

तिव्र गति जीवनको क्षति भन्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए । प्रतियोगीतामा आशिष कुमार भट्ट प्रथम भएका छन् ।

जित बहादुर थापा द्वितीय र किशोर डिस्वाल तृतीय हुनुभएका हुन् ।  प्रतियोगीतामा क्रमस: प्रथम हुनेलाई ट्रफि, एउटा फुल हेलमेट र मेडल, द्वितीय हुनेलाई एउटा फुल हेलमेट र मेडल, र तृतीय हुनेलाई एउटा हाप हेलमेट, बाईक कभर, मेडल र बिजेता सबैजनालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

क्लवका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ , जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी, अयोध्या जोशि, यम बसेल र लियो पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

NO COMMENTS